Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पिसाब फेरेर फर्किएका प्रहरी जवानलाई कसरी लाग्यो करेन्ट ?

पिसाब फेरेर फर्किएका प्रहरी जवानलाई कसरी लाग्यो करेन्ट ?

बिहिवार , श्रावण २४, २०८१

बारा । बाराको कलैया भरत चोकमा एकजना प्रहरी जवानलाई करेन्ट लागेको छ ।

सिंहदरबार कार्यरत प्रहरी जवान सन्देश यादव बिदामा घर आएको बेला कलैया भरत चोकमा बिहीबार अचानक करेन्ट लागेको हो । बाराको देवताल गाउँ पालिका–६ रौवाही टोलमा सो घटना भएको थियो ।

प्रहरी जवान यादव ढलेको दृश्य स्थानीयले रमिते हेरिरहेको अवस्थामा ती पत्रकारले लठीको सहाराले विद्युतको तार चुँडाएर करेन्ट मुक्त गराएका थिए ।

प्रहरी जवान यादव पिसाब फेरेपछि हात धुन सोही ठाउँको सार्वजनिक चापाकलबाट तल आउने क्रममा विद्युतको तार छुँदा करेन्ट लागेर ढल्नलेका थिए ।

करेन्ट लागेर बेहोस भएका प्रहरी जवान यादवको कलैया प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077