Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

शनिवार , श्रावण २६, २०८१

बाजुरा । विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो।

बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077