Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गायक प्रकाश तिमल्सिनाको निधन

गायक प्रकाश तिमल्सिनाको निधन

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको शनिबार साँझ निधन भएको हो ।

घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको थियो । तर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ...’लगायत दर्जनौं गीत लोकप्रिय छन् ।

प्रकाशको अन्तिम संस्कार आज बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077