Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौंमा

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौंमा

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्।

दुई दिने भ्रमणका लागि नेपाल आएका मिश्री केही बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्।

परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन्। लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्।

भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ।

विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077