Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

आइतवार , श्रावण २७, २०८१

रौतहट । रौतहटमा मोटरसाईकल दुघर्टनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आईतबार भएको मोटरसाईकल दुघर्टना प्रहरी जवानको मृत्यु भएको हो ।

चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मोटरसाईकल दुर्घटनामा परि जवान यादव गम्भीर घाईते थिए । उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको थियो ।

यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम विशेषले रौतहट आएका थिए ।

दुर्घटनामा परि मोटरसाईकलको पछाडि बस्ने वृन्दावन– १ २५ वर्षिय नविनकुमार चौधरीको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077