Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेसको १५ औँ महाधिवेशन लम्ब्याउने प्रपञ्च नगरौँ : शेखर कोइराला

कांग्रेसको १५ औँ महाधिवेशन लम्ब्याउने प्रपञ्च नगरौँ : शेखर कोइराला

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगर्न आग्रह गरेका छन् ।

केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता कोइरालाले कांग्रेसको १५ औँ महाधिवेशन लम्ब्याउने कुनै बहाना नगर्न सुझाव दिएका हुन् ।

सभापति शेरवहादुर देउवालाई लक्षित गर्दै नेता कोइरालाले भने, '१४ औँ महाधिवेशन देखी थाँती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५ औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्।'

नेता कोइरालाले यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने जिकिर गरे।

उनले कांग्रेसको महाधिवेशन ठिक चार वर्षमा हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077