Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चट्याङ लागेर एकैदिन १० महिला घाइते

चट्याङ लागेर एकैदिन १० महिला घाइते

आइतवार , श्रावण २७, २०८१

कैलाली । कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिकामा आइतबार चट्याङ लागेर १० महिला घाइते भएका हुन् ।

बर्दगोरिया–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० महिला घाइते भएका छन्।

चट्याङ लागेर बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी र ३२ वर्षीया किरन चौधरी घाइते भएकी छन् ।

घाइतेहरूको अवस्था सामान्य रहेको र बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077