Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध

आइतवार , श्रावण २७, २०८१

कालीकोट । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।

जुम्ला–सुर्खेतखण्डअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आइतबार बेलुका पुनः पहिरो खसेर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

शनिबार कर्णाली राजमार्गको कालीकोटखण्डका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको थियो । मनसुनी वर्षा सुरु भएयता गगनेखोला र एस मोडमा मात्र नौपटक पहिरो खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077