Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

आइतवार , श्रावण २७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नेपालको औपचारिक दुईदिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उनीमार्फत भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त ओलीलाई हालसम्म भारत भ्रमणको निम्तो आएको छैन ।

मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका थिए । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077