काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
उनीहरूबिच आइतबार साँझ देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप बलियो बनाउने विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।
दुईदिने भ्रमणका लागि आजैमात्र नेपाल आएका मिश्रीले यसअघि राष्ट्रपति, प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन् ।