Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आजको मौसम : यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ ।

अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छ । सोमबार दिउँसो सबै प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार दिउँसोको तुलनामा आज राति कम पानी पर्ने सम्भावना छ ।

कोशी, ‍बागमति, गण्डकी र लुम्बनीका थोेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077