Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । गत बुधबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज आज सकिँदैछ ।

भोलिबाट संसद बैठक भएकोले आज अबेरसम्म भएपनि बैठक सक्ने तयारी भएको हो । अब २० जना केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको छ ।

त्यसपछि पदाधिकारीले धारणा राखेर सभापतिले जवाफ दिएपछि निर्णय गर्ने तयारी रहेको बताइएको छ ।

बैठकमा गत बुधबार प्रस्तुत भएका ११ वटा एजेण्डा माथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राखिरहेका छन्।

त्यसपछि पदाधिकारीले आफ्नो धारणा राख्नेछन्। आजको बैठकले गत फागुनका सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने कांग्रेसको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077