Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एक लाख १० हजारमा भियतनाम पाँच दिन घुम्न पाइने, किस्ताबन्दीमा रकम तिर्न सकिने

एक लाख १० हजारमा भियतनाम पाँच दिन घुम्न पाइने, किस्ताबन्दीमा रकम तिर्न सकिने

सोमवार , श्रावण २८, २०८१

काठमाडौँ । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्ने भएको छ ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार नेपाल र भियतनामबीच सिधा उडान नभएकाले चार्टर उडानबाट पर्यटक ओहोरदोहोर हुन लागेका हुन् ।

कम्पनीले यसअघि पनि सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेको छ । रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार, भियतनामबाट नेपाल आउने पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भू र बौद्धनाथको अवलोकन गर्ने छन् । नेपालीले अन्य पूर्वी एशियाली मुलुक हुँदै भियतनाम भ्रमणमा जानुपर्ने भए महँगो पर्ने भएकाले सिधा उडानमार्फत यो टुर प्याकेज आयोजना गरिएको हो ।

रुप्सेले भियतनाम भ्रमणका लागि १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ । यसमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरुमा भ्रमण गराइने भनिएको छ । पहिलो दिन हानोई पुग्ने नेपालीलाई त्यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइने भनिएको छ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बे मा क्रुज सफारी, चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौं दिन नेपाल फर्काइने छ ।

कुल १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको टुर प्याकेज भए पनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा भ्रमण गर्न सकिने रुप्सेले विज्ञप्तिमार्फत जनाएको छ । यो प्याकेज १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था गरिएको छ ।

'हामीले अघिल्लो वर्षदेखि नै नियमितरुपमा चार्टर उडान गरी पर्यटक आदानप्रदान गरिरहेको यहाँहरुलाई अवगत नै छ । त्यसैको निरन्तरता स्वरुप दशैंलगत्तै थद दुईवटा उडान गर्न लागिएको हो । भियतनाम घुम्न चाहने यात्रुहरुलाई जति सक्दो छिटो आफ्नो सिट सुरक्षित गर्न हामी अनुरोध गर्दछौँ,' प्रबन्ध निर्देशक पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077