Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भारतीय विदेश सचिव मिस्रीले गरे पशुपति मन्दिरको दर्शन

भारतीय विदेश सचिव मिस्रीले गरे पशुपति मन्दिरको दर्शन

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

सचिव मिस्रीलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका हुन् ।

उनलाई पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक पनि उपहार दिइएको थियो। सचिव मिस्री आइतबार बिहान नेपाल आइपुगेका हुन् ।

उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077