Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।

दुई दिने नेपाल भ्रमणमा रहेका सचिव मिस्री उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार पुगेका हुन्।

भेटमा दुई देशबिचको सम्बन्ध, विकास सहकार्य लगायत विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायत मन्त्रालयका अधिकारीहरु उपस्थित रहेका थिए।

यसअघि सचिव मिस्रीले आज बिहानै पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । साउने सोमबारको अवसर पारेर मिस्री पशुपति पुगेका थिए ।

सचिव मिस्री आइतबार बिहान नेपाल आइपुगेका हुन् ।

उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गरेका थिए ।

आज परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटघाट गर्ने उनको कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077