Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अर्थमन्त्री पौडेलसँग भारतीय विदेश सचिव मिस्रीले गरे भेटवार्ता

अर्थमन्त्री पौडेलसँग भारतीय विदेश सचिव मिस्रीले गरे भेटवार्ता

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणमा रहेका विदेश सचिव मिस्रीले अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको छ।

गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिश्रि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्।

उनी विदेश सचिव भएपछि यसअघि भुटानको भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077