Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भ्रष्टाचार नियन्त्रणको माग राख्दै मुकुलले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव

भ्रष्टाचार नियन्त्रणको माग राख्दै मुकुलले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन्।

ढकालले आज प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका हुन्।

ढकालले प्रधानमन्त्री ओलीलाई प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।

अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन्।

त्यस्तै जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने ढकालको सुझाव छ ।

साथै उनले एकपटक नागरिकता त्यागेको व्यक्तिलाई राज्यको महत्त्वपूर्ण उच्च ओहदामा नियुक्त हुँदा ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान आउन सक्ने भन्दै यो व्यवस्था संविधानमै राख्न सुझाव दिएका छन् ।

देशभर डुलेर पार्टीलाई प्रतिवेदन बुझाएपछि ढकाल राष्ट्रिय स्वतन्त्रबाट कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077