Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

युवाशक्तिलाई विदेश पलायनबाट रोक्नुपर्छ : राष्ट्रपति पौडेल

युवाशक्तिलाई विदेश पलायनबाट रोक्नुपर्छ : राष्ट्रपति पौडेल

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरुलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा योजित युवा सम्मेलनलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

उनले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताए।

राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे।

दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा धेरै गम्भीर बनेर आएको राष्ट्रपति पौडेलको भनाइ छ।

राष्ट्रपति पौडेलले युवा राजनीतिक,आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत,परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश,विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077