Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

सोमवार , श्रावण २८, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रहेका शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकको समय निर्धारण गर्न भने बाँकी रहेको छ । शाह कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077