Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।

भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री राणाले नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077