Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भारतीय विदेश सचिवलाई गृहमन्त्री लेखकको आश्वासन - नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिन्नौं

भारतीय विदेश सचिवलाई गृहमन्त्री लेखकको आश्वासन - नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिन्नौं

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतलगायतका मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भएको भेटवार्तामा गृहमन्त्री लेखक यस्तो प्रतिवद्धता जनाएका हुन्।

गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूकाविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाए।

गृहमन्त्री लेखकले नेपालमा भारतबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

भारतीय विदेश सचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने बताए।

उनले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077