Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अस्पष्ट छ : विनोद चौधरी

कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अस्पष्ट छ : विनोद चौधरी

सोमवार , श्रावण २८, २०८१

काठमाडौं। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अस्पष्ट भएको बताएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा सांसद चौधरीले यस्तो बताएका हुन्।

सांसद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलिएको हो कि भन्ने आशंका व्यक्त गरे ।

सांसद चौधरीले भने, ‘कांग्रेस देशको ठूलो पार्टी, लामो इतिहास भएको पार्टी अहिले पनि स्थानीय तहदेखि केन्द्रसम्म पहिलो पार्टी हो। पटक पटक भएका राजनीतिक आन्दोलनको मात्रै नभई आर्थिक विकासको नेतृत्व गरेको हाम्रो पार्टीको आर्थिक नीति र दृष्टिकोण के हो भन्ने कुरा अस्पष्ट छ । ’

आर्थिक सुधारको नेतृत्व लिने विषयमा अलमलिए ८० प्रतिशतभन्दा बढी लगानी भएको नीजि क्षेत्रको निराशा चिर्ने अवसरबाट कांग्रेस बञ्चित हुने उनको भनाइ छ ।

सांसद चौधरीले पार्टीले निजी क्षेत्रको आकांक्षा, चाहनाको नेतृत्व गर्छ कि गर्दैन भन्ने अन्योल रहेको बताए । नयाँ सरकार बनेसँगै राजनीतिक स्थायित्व हुन्छ कि भन्ने आशा पलाएको उनले बताए ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार अगाडि बढ्यो र अन्तरविरोध हटाउन सक्यो भने मुलुकका लागि खुशीको कुरा हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077