Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अस्ट्रेलियन राजदूत वोल्कले गरिन् गृहमन्त्री लेखकसँग बिदाइ भेट

अस्ट्रेलियन राजदूत वोल्कले गरिन् गृहमन्त्री लेखकसँग बिदाइ भेट

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले गृहमन्त्री रमेश लेखकसँग विदाइ भेट गरेकी छन्।

सोमबार दिउँसो गृह मन्त्रालयमा अस्ट्रेलियन राजदूत वोल्कले गृहमन्त्री लेखकसँग विदाइ भेटवार्ता गरेकी हुन्।

राजदूत वोल्क नेपालको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी छन्।

गृहमन्त्री लेखकले दुई देशबिच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यामबाट अस्ट्रेलियन सरकारले गरेको आर्थिक सहायताका लागि धन्यवाद व्यक्त गरे।

भेटमा राजदूत वोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताइन्।

राजदूत वोल्कले मानवीय सहायताका साथै विकास सहायताका रूपमा पनि अस्ट्रेलिया सधैँ नेपालको साथमा रहने बताइन्।

लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरूबिच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको राजदूत वोल्कको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077