Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिस्रीबीच भेटवार्ता

परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिस्रीबीच भेटवार्ता

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

नक्सालस्थित हिल्टन होटलमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् ।

भेटका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री केपी शर्मा ओली,उपप्रधानमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेलससँग शिष्टाचार भेट गरेका छन्।

यसैगरी विदेश सचिव मिश्रीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077