Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे कुनै समस्या छैन, सबै मिलेर जान्छ

माओवादी अध्यक्ष प्रचण्डले भने - पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे कुनै समस्या छैन, सबै मिलेर जान्छ

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व हस्तान्तरणबारे पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्।

स्थायी समितिको बैठकपछि पेरिसडाँडामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा पेस गरेको १४ पृष्ठको लिखित प्रस्तावमाथि प्रतिक्रिया दिँदै सबै विषयहरू हल भएर जाने बताए।

अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरणबारे केही नहुने र सबै मिलेर जाने बताए। उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका थिए।

अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने, दोस्रो तहका नेताहरूले खबरदारी गर्ने र तेस्रो तहका नेताहरूलाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने शर्माको प्रस्ताव छ।

अध्यक्ष प्रचण्डले आक्रामक शैलीमा आफूलाई कुनै टेन्सन नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077