Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय छ : रक्षामन्त्री राई

नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय छ : रक्षामन्त्री राई

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । रक्षामन्त्री मानवीर राईले जंगी अड्डाको निरीक्षण गरेका छन् । उनी रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक जंगी अड्डा पुगेका हुन् ।

जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री राई समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूकाबारे जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।

कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देलले रक्षामन्त्री राईलाई स्वागत गरेका थिए ।

सम्बोधनको क्रममा रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पण तथा यस क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077