Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

‘हेलो सरकार’लाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको चासो

‘हेलो सरकार’लाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको चासो

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामती कर्मचारी संगठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले हेलो सरकारबारे चासो देखाएका हुन् ।

उनले सरकारका काम कारबाहीबारे आमजनताले सहजरूपमा गुनासो र उजुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने बताए ।

‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077