Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हज यात्रुको २३ हजार रुपैयाँ फिर्ता गरिँदै

हज यात्रुको २३ हजार रुपैयाँ फिर्ता गरिँदै

मंगलवार , श्रावण २९, २०८१

काठमाडौँ । हज समितिले सन् २०२४ को हजमा खर्च भई बाँकी रहेको रकम फिर्ता गर्ने भएको छ ।

समितिले आज एक सूचना प्रकाशित गर्दै उक्त रकम फिर्ता गर्न लागिएको जानकारी दिएको हो ।

हज समितिको बैठकले हज शुल्क बापत प्रति व्यक्ति ४ लाख १५ हजार रुपैयाँ उठाइएकोमा हज सम्पन्न भएपश्चात यकिन गर्दा प्रतिव्यक्ति जम्मा ३ लाख ९१ हजार ५९३ रुपैयाँमात्र खर्च भएको देखिएकाले बाँकी रकम प्रतिव्यक्ति २३ हजार ४०७ रुपैयाँ फिर्ता गर्ने निर्णय भएको बताइएको छ ।

रकम फिर्ता पाउनका लागि हज यात्रुले आफ्नो बैंक खाताको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा एक महिनाभित्र बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077