Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विषाक्त खानाले एकै परिवारका ३ बालबालिकाको मृत्यु

विषाक्त खानाले एकै परिवारका ३ बालबालिकाको मृत्यु

मंगलवार , श्रावण २९, २०८१

बारा । बाराको सिम्रौनगढमा विषाक्त खानाका कारण एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सिम्रौनगढ नगरपालिका-७ झवानी टोल निवासी नरेश रामका तीनजना छोराछोरीको विषाक्त खाना (फूड प्वाइजन) को कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन राम छन् । उनीहरू एकै घरका हुन् ।

उनका अनुसार घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरू शनिबार राति सिकिस्त बिरामी परेका थिए । सिकिस्त बिरामी परेपछि अस्पताल लगिएको थियो । उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।

उनीहरूको मृत्यु फुड प्वाइजनबाट भएको चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077