Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पोखराबाट काठमाडौंंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

पोखराबाट काठमाडौंंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

मंगलवार , श्रावण २९, २०८१

धादिङ । पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबीका आएका कारण कैलाश सर्भिसेजको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका–७ को आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराइएको हो ।

कैलाश हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको छ ।

उक्त हेलिकप्टर पोखराको मणिपाल अस्पतालबाट दमका बिरामी बोकेर काठमाडौंका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077