Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रस्तावित १७ राजदूतविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान

प्रस्तावित १७ राजदूतविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । विभिन्न देशका लागि सरकारले सिफारिस गरेका १७ राजदूतहरुका विषयमा कुनै गुनासा भए उजुरी दिन सार्वजनिक आह्वान गरिएको छ ।

संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले आज सूचना जारी गर्दै दस दिनभित्र उजुरी दिन भनेको हो ।

सरकारबाट सिफारिस भई १७ राजदूतको संसदीय सुनुवाइका लागि समितिमा पत्र आएको जनाउँदै समितिले उनीहरुलाई राजदूतमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन आह्वान गरेको हो।

राजदूत नियुक्त गर्नुअघि संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077