Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अरुण नदीमा पानीको बहाव बढ्यो, सर्तकता अपनाउन प्रशासनको अनुरोध

अरुण नदीमा पानीको बहाव बढ्यो, सर्तकता अपनाउन प्रशासनको अनुरोध

बुधवार , श्रावण ३०, २०८१

संखुवासभा । अरुण नदीमा पानीको बहाव बढेको छ ।

पानीको सतह बढेपछि मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा ओभरफ्लो भएर पानी बगेको हो ।

पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन टनेलमा पानी नअटेपछि निर्माण हुँदै गरेको बाँध भरिएर ओभरफ्लो भएको हो ।

साना तथा ठूला खोला नदीमा वर्षातका कारण पानी बढेपछि जिल्ला प्रशासन कार्यालयले विशेषगरी नदी किनारमा बसोबास गर्ने र ज्याला मजदुरी गर्ने नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077