Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३६० जनालाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्न सीटीईभीटीले खुलायो फाराम

३६० जनालाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्न सीटीईभीटीले खुलायो फाराम

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । सीटीईभीटीले निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवेदन फाराम खुलाएको छ ।

सीटीईभीटीले बुधबार सूुचना जारी गर्दै ३६० जनाका लागि आवेदन फाराम खुला गरेको हो ।

दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि–डिप्लोमा तथा डिप्लोमा तहका कार्यक्रमहरुमा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन फाराम खुला गरिएको सीटीईभीटीले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

यो कार्यक्रमका लागि भदौ २० गतेभित्र आवेदन फाराम बुझाउनुपर्नेछ । यस्तै प्रवेश परीक्षा भदौ २९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077