Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

टीआरसी विधेयक संसद्‌बाट आजै पारित हुन्छ : प्रधानमन्त्री ओली

टीआरसी विधेयक संसद्‌बाट आजै पारित हुन्छ : प्रधानमन्त्री ओली

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीसम्बन्धी विधेयक आजै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन्।

आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भएको सन्देश दिन लागिएको बताए ।

प्रधानमन्त्री ओलीले भने,‘दोस्रो जनआन्दोलनपछि नयाँ संविधान जारी भइसकेपछिका यी १८ वर्षमा द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया अघि बढाउँदा थुप्रै उपलब्धि हाँसिल गर्‍यौँ । हामीले ऐन संशोधन पनि अघि बढायौँ । यही प्रक्रियाबाट हामीले गति लिएका छौँ। आजै टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ । केही दिनमा राष्ट्रियसभाले पनि पास गर्नेछ।'

उनले द्वन्द्वपीडितलाई कुनै करकापमा नपर्ने गरी न्यायिक निरुपणको उपायमा देश जाने बताए ।

अब बेपत्ता खोजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सहमतिमै बनेर काम अघि बढाउने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077