Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

टीआरसी विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वागत गर्छ : देउवा

टीआरसी विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वागत गर्छ : देउवा

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गर्ने बताएका छन् ।

टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास लिएको बताए ।

सभापति देउवाले भने,‘उचित परिपूरण हुन नसकेका कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नु परेको छ। यो विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीडितहरुले न्यायको अनुभूति गर्ने छन् भन्ने मैले विश्वास लिएको छु।’

टीआरसी विधेयक कानुन बने पश्चात सबै पीडितले न्यायको अनुभूति गर्ने विश्वास आफूले लिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने बताए ।

उनले एक-अर्कालाई शंका वा आरोपित गर्ने भन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रणालीप्रति सजग हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077