Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

हतियार व्यवस्थापन र सेना समायोजनकै कारण मेरो पार्टी विभाजन भयो : प्रचण्ड

हतियार व्यवस्थापन र सेना समायोजनकै कारण मेरो पार्टी विभाजन भयो : प्रचण्ड

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सेना समायोजन र हतियार व्यवस्थापन गर्दा आफ्नो पार्टी विभाजन भएको बताएका छन्।

टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको सबैभन्दा जटिल काम सेना समायोजन र हतियार व्यवस्थापन आफूले जोखिम उठाउँदा सम्भव भएको बताए।

अध्यक्ष प्रचण्डले भने,'मैले रातारात! भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ। प्रत्येक क्यान्टोनमेन्टमा खुन खराबा हुनसक्छ। आजकै दिनमा, आजकै राति हतियार व्यवस्थापन हुनुपर्‍यो, सेना समायोजन हुन पर्‍यो भनेपछि ११ बजे राति यो काम सम्पन्न गरियो। विना कुनै खुन खराबा र जटिलतमा त्यो सम्पन्न भयो।'

उनले सबैभन्दा पेचिलो विषयका रूपमा रहेको हतियार व्यवस्थापन सेना समायोजन नेतृत्वले जोखिम उठाउँदा सहज भएको बताए।

हतियार व्यवस्थापन र सेना समायोजनकै कारण आफ्नो पार्टी विभाजन भएको अध्यक्ष प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077