Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रचण्डले भने - जनयुद्ध शब्द प्रयोग गर्दा जात नै जाला जस्तो गर्नुहुन्छ

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रचण्डले भने - जनयुद्ध शब्द प्रयोग गर्दा जात नै जाला जस्तो गर्नुहुन्छ

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको आरोप लगाएका छन्।

बुधबार टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै माओवादी ‘जनयुद्ध’ शब्द प्रयोग गर्दा जातै जाला जस्तो गरेको टिप्पणी गरे।

अध्यक्ष प्रचण्डले भने, ‘अहिलेपनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भन्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ । जबकी माओवादी जनयुद्ध भनेर संविधानमै लेखिएको छ । यसलाई हामी निष्कर्षमा पुर्याउँदैछौं । ति घटनामा हामीले गरेको छलफलहरु भएका सहमतिहरुलाई भुल्न हुँदैन ।’

प्रधानमन्त्री ओलीले टिआरसी विधेयकमा कार्यदलले सहमति जुटाएर प्रतिवेदन बुझाउँदा बोल्ने क्रममा प्रचण्डकै अगाडि हिंसात्मक द्वनद्व भनेका थिए ।

अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरूले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेकोमा असन्तुष्टि जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077