Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

पूर्वराजालाई दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : लिङ्देन (भिडियोसहित)

पूर्वराजालाई दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : लिङ्देन (भिडियोसहित)

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसात्मक द्वन्द्व हारजितमा नभई सम्झौताबाट टुंगिएको बताएका छन्।

टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिएका अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गरेका पूर्वराजालाई दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताए ।

सम्झौताको एउटा पक्ष तत्कालीन राजा पनि भएको भन्दै अध्यक्ष लिङ्देनले भने, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’

आ–आफ्नो राजनीतिक दर्शन तथा मान्यताहरु हुने अध्यक्ष लिङ्देनको भनाई छ । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राजाको ठूलो योगदान रहेको बताए ।

दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याए वापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने अध्यक्ष लिङ्देनले बताए ।

आफूले बहुमत पाउनेबित्तिकै सबै बिर्सिएर अगाडि बढ्दा दुर्घटना हुने लिङ्देनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077