Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माधव नेपालको प्रश्न - देशमा दुई दलीय शासन ल्याउन खोजेको हो ?

माधव नेपालको प्रश्न - देशमा दुई दलीय शासन ल्याउन खोजेको हो ?

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था ल्याउन नदिने बताएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि संसदमा भइरहेको छलफलमा सहभागी हुँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताए ।

अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ ख्याल गर्नुस्, दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउँछ । कोही सहनेवाला छैनन् ।’

उनले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउने दाबी गरे ।

बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने अध्यक्ष नेपालको भनाइ छ ।

उनले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077