Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

मुख्यमन्त्री लामा भन्छन् - सरकारको अनुभूति गराउने पहिलो अंग प्रहरी हो

मुख्यमन्त्री लामा भन्छन् - सरकारको अनुभूति गराउने पहिलो अंग प्रहरी हो

बुधवार , श्रावण ३०, २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अंग प्रहरी प्रशासन भएको बताएका छन् ।

बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।

उनले नागरिकलाई राज्यबाट प्रदान गरिने पहिलो सेवा प्रहरी सेवा नै भएको दाबी गरे ।

नागरिकले आफूबाट समस्याको समाधान नभएपछि राज्यको सहयोगको अपेक्षा गर्ने उनको भनाई छ ।

उनले प्रहरीको व्यवहारबाट समग्रमा राज्यतर्फ नागरिकको धारणा तय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077