काठमाडौं । प्रतिनिधि सभाको आगामी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर हुने भएको छ ।
प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्ने गरी बोलाइएको छ।
सभामुख देवराज घिमिरेले आगामी बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम निर्धारण गरिएको जानकारी दिए ।
प्रश्नोत्तरका लागि सदहरूले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रूपमा दिन पनि सभामुख घिमिरेले आग्रह गरेका छन्।