Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

स्पष्टीकरण बुझाउँदै मुकुल ढकालले मागे रविको राजीनामा

स्पष्टीकरण बुझाउँदै मुकुल ढकालले मागे रविको राजीनामा

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई नैतिक धरातलमा उभिएको पुष्टि गर्न चुनौती दिएका छन्।

पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा निलम्बित महामन्त्री ढकालले यस्तो चुनौती दिएका हुन् ।

ढकालले उल्टै प्रतिप्रश्नहरु गर्दै सभापति लामिछानेमाथि आफूले उठाएका प्रश्नहरु सत्यमा आधारित रहेको जिकीरसमेत गरे।

ढकालले अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले महामन्त्री र प्रवक्ताको पदबाट हटाएको थियो। सो निर्णयविरुद्ध उनले निर्वाचन आयोगमा निवेदन दिएका थिए।

ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा रास्वपाले साउन ३० गते पुनः ढकाललाई स्पष्टीकरण सोधेको थियो।

त्यसको जवाफी पत्रमा ढकालले लेखेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’

पार्टी र पार्टीका नेताहरुविरुद्ध लागेको आरोप लगाउँदै रास्वपाले मुकुललाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

मुकुलले तीन बुँदे प्रतिप्रश्न गर्दै आफूले पार्टी स्थापना भएदेखि नै पार्टीलाई हानि हुने, शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने र पार्टीका नेताहरुमाथि झुटा आरोप लगाउने जस्ता काम नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077