Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

आइतवार , भाद्र २, २०८१

काठमाडौं । तेस्रो संस्करणको भ्वाइस किड्सको उपाधि अनुया तामाङले जितेकी छन् ।

शनिवार राति भएको ग्राण्ड फिनाले कार्यक्रममा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि हात पारेकी हुन् ।

विजेता तामाङले उपाधिसंगै नगद १० लाख रुपैयाँ प्राप्त गरिन् ।

अनुया तामाङसहित लाक्पा शेर्पा, समीक्षा धिताल, रिञ्जिन डोल्मा लामा, द्वितिका प्रधान, छेसाङ तामाङ, सिमला धिताल र आयुष लामा अन्तिम प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077