Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक

फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक

आइतवार , भाद्र २, २०८१

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ।

दशैंको फूलपातिबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले टिजर रिलिज गरिएको हो ।

१ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

टिजरबाट फिल्म बदलाको कथामा बनेको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको फिल्मको टिजरमा फिल्मका सबै कलाकारले प्रथमिकता पाएका छन्।

फिल्मबाट समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् । समीर अभिनेता बिराज भट्टका छोरा हुन् ।

फिल्मबाट दुई पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि अभिनेत्रीको रुपमा डेव्यु गरेका छन् ।

विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय फिल्ममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077