Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साफ यू-२० च्याम्पियसिपमा श्रीलंकाविरुद्ध नेपाल विजयी

साफ यू-२० च्याम्पियसिपमा श्रीलंकाविरुद्ध नेपाल विजयी

आइतवार , भाद्र २, २०८१

काठमाडौं । आज देखि सुरु साफ यू-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

त्यसअघि नेपालका समिर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

पहिलो हाफको ईन्जुरी टाईमको तेस्रो मिनेटमा श्रीलंकाका मोहमेद थिलहामले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार नेपालका गोलकिवर जियारथ शेखले बचाएका थिए ।

दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । समिर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए ।

खेलको ईन्जूरि टाईमको पहिलो मिनेटमा नेपालका निराजन धामीको प्रहार बारमा लागेर बाहिरिएको थियो । नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।

त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077