Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एआईबाट भिडियो बनाएर नेताहरुको चरित्र हत्या गर्ने रावल पक्राउ

एआईबाट भिडियो बनाएर नेताहरुको चरित्र हत्या गर्ने रावल पक्राउ

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले एआईको प्रयोग गरेर भिडियो बनाउँदै नेताहरुको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाजुराको खप्तड छडदह गाउँपालिका–५ स्थायी घर भएका २२ वर्षीया रमेशबहादुर रावल छन्।

उक्त कार्यमा उनको संलग्नता खुलेपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार, रावलको साथबाट भिडियो बनाउन प्रयोग भएको मोबाइल र ल्यापटप पनि बरामद भएको छ ।

फेसबुकमा एआई भिडियो हालेर आफ्नो चरित्र हत्या गरिएको भन्दै काठमाडौं महानगरपालिकाकी उपमयेर सुनिता डंगोलले चार दिनअघि साइबर ब्यूरोमा अनुसन्धान गर्न भन्दै निवेदन दिएकी थिइन् ।

त्यसमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी रावलसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077