Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सूर्यदर्शन सहकारीका पूर्वसचिव पक्राउ, जीबी राईसहित १३ जना अझै फरार

सूर्यदर्शन सहकारीका पूर्वसचिव पक्राउ, जीबी राईसहित १३ जना अझै फरार

आइतवार , भाद्र २, २०८१

कास्की । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका विवादित पूर्वसञ्चालक सचिव अनुज नकर्मी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले साउन ३२ गते काठमाडौं दक्षिणकालीबाट पक्राउ गरी पोखरा ल्याएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–१४ श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने ४८ वर्षिय नकर्मीलाई कास्की प्रहरीले आइतबार जिल्ला अदालतमा हाजिर गराएको छ ।

कर्मीलाई आइतबार नै जिल्ला कारागार चलान गरिएको कास्की प्रहरीले जनाएको छ । ५ जना पूर्पक्षको लागि जिल्ला कारागार छन् भने, नकर्मी छैठौ प्रतिवादी हुन् ।

अझै जीबी राईसहित अन्य १३ जना फरार रहेका छन् । उनीहरुविरुद्ध १ अर्ब ३५ करोडको बिगो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077