Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धनगढीमा 'एचए' पढ्दै गरेकी युवती मृत फेला, घटना शंकास्पद

धनगढीमा 'एचए' पढ्दै गरेकी युवती मृत फेला, घटना शंकास्पद

आइतवार , भाद्र २, २०८१

कैलाली । कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१ को चकमेली चोक नजिकै युवती मृत अवस्थामा फेला परेकी हुन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थापा आइतबार दिउँसो डेरा गरि बस्ने कोठामा मृत भेटिएकी थिइन् ।

उनी कोठाको झ्यालमा झुन्डिएको अवस्थामा भेटिएपनि घटना शंकास्पद रहेको छ । उनको शरीरमा घाउ, चोटपटक रहेको प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077