Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने १४९ मोटरसाइकल नियन्त्रणमा

स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने १४९ मोटरसाइकल नियन्त्रणमा

आइतवार , भाद्र २, २०८१

कास्की । कास्कीमा प्रहरीले स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा दुर्घटनाको सम्भावना बढाउने १४९ मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एकैपटक १४९ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

कास्की प्रहरी प्रमुख मोहन कुमार थापाका अनुसार, पाँच पटकभन्दा बढी सवारी साधनमा मोडिफिकेसन गरी नियम उल्लङ्घन गर्ने सवारीधनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइने छ ।

पहिलो पटक कारबाहीमा परेकाहरूलाई भने सामान्य जरिवाना गरेर छाडिनेछ । प्रहरीले यस कदममार्फत सार्वजनिक सुरक्षामा खलल पुग्ने गतिविधिहरूलाई नियन्त्रण गर्न खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077