Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वडीआईजी खरेलविरुद्ध अख्तियारमा उजुरी, सम्पत्ति छानबिनको माग

पूर्वडीआईजी खरेलविरुद्ध अख्तियारमा उजुरी, सम्पत्ति छानबिनको माग

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार युवराज पौडेल ‘सफल’ले पूर्वडीआईजी खरेलविरुद्ध उजुरी दिएका हुन् ।

खरेलले गएको साउन २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमै उजुरी दिएका थिए । उनले त्यो विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

एन्टी करप्सन नेटवर्कका निर्देशक समेत रहेका खरेलसँग सेवामा रहँदा सुनको सुराकीका नाममा बुझेको अकुत सम्पत्ति रहेको उजुरीकर्ता सफलले जिकिर गरेका छन् ।

त्यो सम्पत्ति छानबिनको मागसहित उनले अख्तियारमा उजुरी दिएको बताइएको छ । पूर्वडीआईजी खरेलले आफ्नै श्रीमतीलाई नक्कली सुराकी बनाएर पैसा बुझेको पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077